Nepalese Community Limerick

Nepalese Community Limerick

We are a Nepalese Community residing in Limerick the Republic of Ireland Located to the north west Europe with the strength of more then Two hunredred people of more than 40 family members. The main objective of the community is not only to help arm the new comers with necessary information required to adapt in a new community but also to help them with a verious obvious and unforeseeable social challenges that a human being may face in the day to day of life in a society. We work closely with local Irish Community and other like minded organization focussing for the welfare and wellbeing of the community members and empowering the community members with their rights. Also help the community  members securing funds by contacting various donor agents for their personal capacity building and development of their skills so as to help them fight for a growing and competitive job market.

Vision

Nepalese Community Limerick's vision is to empower the community members with their basic rights and realise their individual potentials and help exploit these where possible in a society along with the reflection and preservation of unique cultural heritage. Also work towards an intercultural and inclusive in local community where minority ethnic groups like ours to act equality in social,economic and political and other cultural aspects in Irish life.

Mission

Nepalese Community Limerick is committed to working in partnership with local community and other many like minded organisations focussing for the welfare and wellbeing of the members particular and community as a whole. And continue effective network and represent at a vast levels and empower ethnic group like ours in order ti lobby with the concerned authorities order to influence positive changes in policy and matter that affect our day to day lives.

Goals

1. Provide grants and resources in close coordination with partner organisation to the build members capacities where possible.

2. Promote and make aware of their basic rights.

3. To lobby and advocate with the authority concerned for the welfare and wellbeing of the community members.

4. Transfer of best practice through capacity building.

5. Be a powerful advocate on issues of concerns for members and advocateon on behalf any members in need of any help and assistance.

6. Preserve our unique cultural heritage by observing Nepalese festivals and traditional where possible and build the Nepalese community Limerick as a local, regional and national representative network for minority ethnic-led groups.

7. Work collaboratively with other NGOS and minded agencies to build an integrated Ireland.

Our values

The Nepalese Community Limerick [NCL] has absolute respect for democratic norms and value which will be closely guarded and upheld when it comes to running the community and its development and we focus on the following keys values.

A. Respect & Dignity - We believe in respecting people's views and promoting an environment of good team spirit , understanding, tolerance and trust.

B. Equality - We believe in equality for all that means equality among members of the community itself, between men and women and children, diverse cultures, traditions and faith of every members and between minority ethnic communities and the wider society.

C. Participation - We believe in participatory approach to resolve any issues that befall in our communitties. we support the rights of our members regardless of who to participate in the decisions which affect their lives.

D. Empowerment -  We believe in our capacity to define our needs, articulate our hopes and fears and represent ourselves locally, regionally and nationally.

Our background

Despite a long presence of Nepalese Community in Limerick. The formation of the community was not established up untill 2008, however the formal establishment of the community was yet to be established. The growing social and economical challenges have prompted everyone the need to establish a form unity which a force to be reckoned with to counter balance any challenges.

Our future

The Nepalese community Limerick , led by community members for community members and the issues we are addressing are grounded in our day to day experiences. Together we are working towards building an integrated society that respect diversity and fully accepts people from different culture. We are developing a national minority ethnic community infrastructure. Which will let community members  influence the policies that directly affect our lives and will allow them to represent themselves on a local , regional and national basis.

 नेपाली समाज लिमरिक , आयरल्याण्ड :

परिचय :-

नेपालीहरु आयरल्याण्डमा सन १९८४ देखि बसोबास गर्दै आयका भएपनि लिम्रिकमा भने सन २००० को अप्रिल देखि कामको सिलसिलामा आइ स्थाइ बसोबास गरेको पाइन्छ ! समयको गति संगै बिस्तारै यहाँ नेपालीहरु आउनेक्रम क्रमस: बिस्तार बढ़न थाल्यो ! प्रबासी जीबनका सुख: दुखका भोगाई संगै दिन बित्दै गयो ! सबैले महसूस गारी आपसी छलफल बाट भेला हुने , नेपाली चार्ड पर्व मनाउने कार्य स्थानीय रुपमा २००५ देखि सुरु भयो !  बस्दै जाँदा बिस्तार  एउटा संस्थाको स्थापना गर्ने सल्लाह भयो र सर्ब प्रथम १२ - ब्यॉलेन्टाइनप्लेस , स्टीमबोटकि  लिम्रिकमा बैठक बसी " राज थापा " को अध्क्षतामा कार्यकारी समिति खडा गरियो ! समयको दौड़ान संगै सन २००८ माप्रचलित कानुन अनुसार कानूनी रुपमा दर्ता गर्ने निर्णय भयो ! फलसवरूप २००८ को डिसेम्बर मा सबै कागज पत्र तयार गरी " नेपाली समाज लिम्रिक " नामाकरण गरि संस्था दर्ताको काम  सुरु भयो ! फल सवरूप सन २००९ को फेब्रुवरी मा " नेपाली समाज लिम्रिक " यो संस्थाले बैधानिकता  प्राप्त गर्न सफल भयो  ! लिम्रिकमा बसोबास गर्दै आउने पहिलो नेपाली राज थापाले अधक्ष गर्ने निर्णय सबैबाट सर्बसम्मत भयो ! राज थापा को अध्यक्ष्यतामा कार्यकारी समिति गठन गरियो ! बिस्तार  अन्य संघ संस्था र प्रतिस्ठान संग समन्वय कायम गर्दै अगि बडदै आयो यो संस्था ! मुख्य उदेश्य प्रबासी नेपाली समाजलाई स्थानीय रुपमा स्थापित गर्ने र सहज रुपमा स्थानीय जनसमुदाय सरह हाम्रो जिबन सैली अगाडी लैजानु थियो !

सन २०११ को साधारण सभा बाट पुन राज थापालाई अध्यक्ष को लागी सर्ब सम्मत बाट अनुरोध आयको हुँदा पुन: उहाको अध्क्षतामा कार्यकारी समिति पुनर्गठन भयो !

नेपाली समाजलाई यहाँको मुख्य आदीबासी समुदाय र बाहिरबाट आयका अन्य समुदाय संग आफ्नो परिचय दिदै नेपाली समाजलाई स्थानीय रुपमा स्थापित गर्ने उदेश्यले बिगतमा निम्न लिखित उल्लेखनीय कार्य भयो !

१ . नेपाली नयाँ बर्ष ,तीज र दीपावली कार्यक्रममा अन्य संघ संस्थाका सदस्यलाई निमन्त्रणा गारी प्रतक्षरुपमा सहभागी गराइयर मनाउदै आयको थियो जसले स्थानीय रुपमा विस्थापन हुन मद्धत पुग्यो !

२ . बिभिन्न संस्थाले आयोजन गरेको सभा , गोस्टी,तालीममा यस संस्थाका सदस्यको सक्रिय

सहभागिता रह्यो !

३. सेम्प्यट्रिक परेडमा नेपाली झन्डा र नेपाली समाज लिम्रिकको ब्यानर , नेपाली पोसाक लगायर परेड गरियको थियो ! यो सन २०१० को  सेम्प्यट्रिक परेड आयरल्याण्डमा नेपाली झन्डा फहराउने पहिलो नेपाली संस्थाको रुपमा सबैले चिनदै आयका छन !

४. बिभिन्न स्थानीय स्कुलमा नेपाली सांस्कृतिक कार्यक्रम , नेपाल सम्बन्धी डाक्युमेंट्री  फ़िल्म देखाई नेपाल र नेपालीको परिचय दिएको थियो !

५.NGO , INGO ले बृहदरुपमा आयोजना गरेको लिम्रिक इंटीग्रेशन लन्च सन् २० १० मा सक्रिय सहभागी थियो !

६. सन २०१० मा फाउन्डेसन नेपालको फण्ड रेजिंग मा गलवय सम्म सरीकभइ  धेरै सदस्यहरु बाट सहयोग गरेका थियो !

७. सन २०११ मा नेपाली समाज लिम्रिकका एक सदस्य को लगी आर्थिक सहयोग संकलन गरी नेपाल पठाउन मद्त गर्नु हुने संपूर्ण सहयोगी दाता मा हार्दिक धन्यवाद छ !

राज थापा ज्यु संस्थापन कालदेखिको लामो समय सम्मको आफ्नो अध्यक्षता पश्चात सन् २०१३ ,नोवेम्बर १२ को तेस्रो साधारण सभा बाट आफ्नो कार्यभार नयाँ कार्यकारी समितिलाई हस्तान्तर गर्नु भयो !तेस्रो साधारण सभालाई सम्बोधनको क्रममा सम्पूर्ण सदस्यलाई उहाको अनुरोध थियो ! " नेपाली समाज लिम्रिक " सम्पूर्ण नेपालीको साझा घर भयको हुँदा यसको सम्रक्षण , सम्बर्धन , बिकाश मा सबै जुटी आ-आफ्नो क्षेत्र बाट सहयोग गर्न अनुरोध गर्नु भयो !

यस्तै थुप्रै उल्लेखनीय कार्य सबै सदस्यहरुको सहयोग बाट हुदै आयको छ ! संस्था भित्र रहेर एक आपसमा सिक्ने र सिकाउने अनि सबैको सहकार्य ले मात्र यसको बिकाश हुन्छ भन्ने कुरामा दुइ मत नरहला ! समय र परिस्थिति अनुसार भोलिका दिनमा अझ धेरै गर्न बाँकी भयको हुदा यसरी नै सबैको सहभागिता र सहयोग को अति आबस्यकता छ !

धेरै छ गर्नु भोलिको दिन , संसारमा चिनिन

नेपाली संस्कार , संस्कृति बचाई भाबी पुस्तालाई दिन !!!

धन्यवाद ! 

Nepalese Community Limerick Constitution.

 

 

( Nepalese Community Limerick) " नेपाली समाज लिम्रिक " को  प्रथम भेला १४ अगस्ट २००८  द्धारा पारित)
Nepalese Community Limerick Constitution.  
विधान 
सन् २००८
प्रस्तावनाः
आयरल्याण्डको लिम्रिक र विभिन्न भागमा छरिएर रहेका समस्त नेपालीहरुलाई आपसमा चिनजान सरसहयोगको वातावरण निर्माण तथा सद्भाव अभिबृद्धि गर्नको निम्ति नेपालीहरुको मौलिक हक हित विकास विस्तार र नेपाली संस्कृति ,रितिरिवाज ,चाड पर्ब ,खान पान,आदिको ,बिकाश र संरक्षण गर्नको लागि र अन्य नेपाली भात्री संस्था र अन्य स्थानीय र रास्ट्रीय स्तरका सङ्घसस्थाहरु बीच समन्वय गरि नेपाली समाजलाइ यहाको स्थानीय  समुदायसंग परिचय गराउन भूमिका निर्वाह गर्न ! धार्मिक, राजनीतिक संलग्नता रहित ,यो विशुद्ध मुनाफा रहित उदेश्यले यस संस्थाको  स्थापना भएको हो । यस संस्थालाई प्रजातान्त्रिक प्रकृयाबाट साझा र पारदर्शि तवरले  संचालन गर्नको लागि यो “ नेपाली समाज लिम्रिक “कार्यकारी समितिको विधान सन् २००८  निर्माण गरी लागू गरिएको छ ।
परिच्छेद १
प्रारम्भ
१. नाम चिन्ह र प्रारम्भ
(क) यस संस्थाको नाम “ नेपाली समाज लिम्रिक “ ( Nepalese Community Limerick ) रहनेछ ।
(ख) यस संस्थाको चिन्ह छाप लेटरप्याड अनुसूचि १, २ र ३ मा उल्लेख भए बमोजिम हुनेछ ।
(ग) यो विधान भेलाबाट पारित भएपछि लागू हुनेछ ।
२. उदेश्यहरु :
नेपाली समाज लिम्रिक जन्मभूमि कर्मभूमि अनि आउँदो पुस्ताहरुप्रति उत्तरदायी बन्दै
(क) नेपाली संस्कृतिको सम्रक्षण ,बिकाश तथा परिचय सबैमा गराउनु र विस्तार विकास संवद्र्धन प्रोत्साहन र हौसलाको लागि आवश्यक कामहरु गर्ने ।
(ख) आपसमा चिनजान मित्रता भातृत्व सहिष्णुता सद्भाव र सहयोगको अभिबृद्धि गर्दै सम्पर्क र आपसमा सहयोग गर्ने ।
(ग) आयरल्याण्डमा रहेका विभिन्न नेपाली  सङ्घ संस्थाहरुसँग समन्वय र सहकार्य गर्दै समउद्देश्य बोकेका संस्थाहरुसँग सम्बद्धता कायम गर्ने !
(घ) संस्था र सदस्यको हक अधिकारको लागि कार्यरत रहने ।
(ङ) नेपाली परिचयलाई आयरल्याण्डमा सम्मानित र उच्च पहिचानयुक्त बनाउन आवश्यक कार्य गर्ने ।
(च) खेलकुद ,साँस्कृतिक, ब्यक्तितो बिकाशको लागि सम्बन्धित क्षेत्र संग पहल गर्ने !
(छ) आयरल्याण्डको लिम्रिक र विभिन्न भागमा भएका नेपाली गतिविघि र सङ्घ सङ्गठनबारे जानकारी लिने अभिलेख राख्ने समस्या तथा समाधानको लागि पहल/सहयोग गर्ने ।
(ज) विभिन्न सङ्घ सङ्गठन तथा आबस्यक व्यक्तित्वहरुसँग यथासम्भव सम्पर्क र समन्वय गर्ने ।

तर माथि जेसुकै भनिए तापनि संस्थाको कुनै कि्रयाकलापले कुनै राष्ट्र अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनको सम्बन्धमा प्रतिकूल असर पार्ने वा सरकारको परराष्ट्र नीतिको बर्खिलाप हुनजाने वा अखण्डता सार्वभौमसत्ता स्वतन्त्रता तथा शान्ति सुरक्षामा खलल पुग्ने कुनै काम गर्नेछैन . ३.कार्यालय
अनुकूल पर्ने ठाउँमा रहने छ । मुख्य/सम्पर्क कार्यालय आयरल्याण्डको, लिम्रिकमा रहने छ ।
४. सदस्यता
सदस्यता जम्मा ६ प्रकारको हुनेछन् ।
(क) साधारण सदस्यः तोकिएको शुल्क तिरेर बनेका सदस्यहरु ।
(ख) आजीवन सदस्यः तोकिएको शुल्क तिरेर यो सदस्यता प्राप्त हुनेछ । 
(ग) विशिष्ट संरक्षक सदस्य र संरक्षक सदस्यः तोकिएको शुल्क तिरेर यो सदस्यता प्राप्त हुनेछ । यो उच्च सम्मानित सदस्यताको रुपमा सधैँ मान्य हुनेछ ।
(ङ) मानार्थ सदस्यः सम्मान स्वरुप यो सदस्यता व्यक्ति वा संस्थालाई प्रदान गर्न सकिने छ ।
(च) संस्था सदस्य सम्बन्धनः तोकिएको निश्चित शुल्क लिई यस संस्थाको नियमलाई पालना गर्छु भन्ने सहमतिपत्रमा सहमतिपछि यो सदस्यता प्रदान हुनेछ ।
५. सदस्यताको लागि योग्यता :

(क) अध्यक्ष पदको लागि समितिको सदस्यमा नियुक्त भयर कम्तिमा २ वर्ष  सक्रिय रुपमा कामगरेकोअनुभब हुनु पर्ने छ !
(ख) सदस्यताको लागि – नेपाली समाज लिम्रिकको बिकाश प्रति अभिरुची राख्ने व्यक्ति हुनुपर्नेछ ।
(ग) कार्यकारी समिति पदाधिकारीको लागि साधारण सदस्यता लियको र कम्तीमा २ वर्ष सक्रिय रुपमा काम गरेको हुनुपर्नेछ ।
(घ) कार्यकारी समिति पदाधिकारी तथा सदस्यको लागि अनिवार्य आफ्नो उमेर १८ वर्ष वा त्योभन्दा बढी उमेर हुनुपर्नेछ !
(ङ) कार्यकारी समिति पदाधिकारी को लागि मानसिक रुपमा तन्दुरुस्ती हुनु को साथै कुनै कानुनी अभियोग नलागेको हुनु पर्ने छ !
६. सदस्यता शुल्क र सदस्यता कायम रहने अबधि
(क) विशिष्ट संरक्षक सदस्य – यूरो - १०० वा सो भन्दा बढी
(ख) संरक्षक सदस्य : यूरो – ७५
(ग) आजीवन सदस्य – यूरो- ५०
(घ) संस्था सम्बन्धन सदस्यता – यूरो - २५
(ङ) साधारण सदस्य – यूरो - ५  तोक्न सक्नेछ ।
परिच्छेद – २
साङ्गठानिक स्वरुप
७. समिति
कमिटीमा ७ देखि १० जनासम्मको सबै क्षेत्र जाति बर्ग र लिङ्गको यथासम्भव समान प्रतिनिधित्व हुनेगरी समावेशी रहने छ जस अन्तर्गतः
अध्यक्ष १

 उपाध्यक्ष १
महा-सचिव १
सचिव १
संचार संयोजक १

आर्थिक सचिव (कोषाध्यक्ष ) १
आर्थिक सह-सचिव (सह-कोषाध्यक्ष ) १
सदस्यहरु – अनुकूलता अनुसार (५ देखि ७ साधारण सदस्य रहने गरि )
समितिका पदाधिकारीहरु मध्ये एक जना सक्रिय अनुभवी सदस्य (सअस) Early Committee Experties (ECE) रुपमा रहनेछ/तोकिने छ ।
सल्लाहकार : २ जाना सल्लाहकार रहने छन ।
परिच्छेद -३
काम कर्तव्य र अधिकार
८. अध्यक्ष:
(क) कार्य समिति ( संस्थाको) बैठक भेला वा सम्मेलनको अध्यक्षता गर्ने ।
(ख) संस्थाको नैतिक जिम्मेवारी लिने ।
(ग) पदाधिकारीउपर अविश्वासको प्रस्ताव आएमा निकास दिने ।
(घ) कुटनैतिक निमन्त्रणामा कार्यकारी अध्यक्षसँग निकट रही दुबै वा सहमतिमा उपस्थित हुने ।
(ङ) संस्थाको नेतृत्व गर्ने ।
(च) मत बराबर भएमा निर्णायक मत दिने ।
९.  उपाध्यक्ष
(क) अध्यक्षको अनुउपस्थितिमा अध्यक्षको समेत काम गर्ने ।
(ख) तोकिएको कुनै पनि काम गर्ने ।

१०. महा-सचिव
(क) बैठकलाई इमेल/चिठ्ठी पठाउने । सभा ( बैठक) को कार्य विवरण  तयार गर्ने !
(ख) संस्थाको नियमित कार्य साचालन गर्ने ।
(ग) समितिको  बैठक तथा भेलाको निर्णयलाई लिखित रुपमा राख्ने ।
(घ) बैठक तथा भेलाको लागि व्यवस्था मिलाउने
(ङ) वार्षिक कार्य योजना र संस्थाको प्रतिवेदन तयार गर्ने ।

(च) अध्यक्षको सबैभन्दा नजिक रहेर काम गर्ने ।
(छ) तोकिएको कुनै पनि काम गर्ने ।
११. सचिव
(क) महा-सचिवको अनुउपस्थितिमा महा-सचिवको काम गर्ने ।
(ख) महा-सचिवको काममा सहयोग पुरयाउने ।
(ग) तोकिएको कुनै पनि काम गर्ने ।

 

१२ . संचार संयोजक:

(क)  संचार क्षेत्रको लागि संस्थाको तर्फबाट काम गर्ने ।
(ख) आबस्यकता अनुसार समाचार ( प्रेस रेपोर्टिंग ) गर्ने ! फोटो फाइल काम गर्ने ,अडियो भिडियो लगायतको लागत राख्ने ।
(ग) संस्थाको बिशेष कार्यक्रमबारे समाचार बनाउने प्रेस विज्ञप्ति घोषणा सूचना आदि यथासक्दो धेरै मिडियाहरुमा दिने ।
(घ) संस्थाको वेभपेज अपडेट गर्ने मुखपत्र स्मारिका आदिको लागि काम गर्ने ।
(ङ) आवश्यक भएमा साचार समिति गठन गरी प्रभावकारिता ल्याउने ।
(च) तोकिएको कुनै पनि काम गर्ने ।

१३. आर्थिक सचिव
(क) संस्थाको कोष सङ्कलन गर्ने गराउने ।
(ख) संस्थाको सम्पूर्ण चल अचल सम्पतिको लिखत रेकर्ड राख्ने ।
(ग) आर्थिक प्रतिवेदन पेश गर्ने ।
(घ) संस्थाको वार्षिक बजेट तयार गर्ने ।
(ङ) तोकिएको कुनै पनि काम गर्ने ।
१४. आर्थिक सह-सचिव
(क) आर्थिक-सचिवको अनुउपस्थितिमा आर्थिक-सचिवको काम गर्ने ।
(ख) आर्थिक सचिवको काममा सहयोग पुरयाउने ।
(ग) तोकिएको कुनै पनि काम गर्ने ।
१५. समिति सदस्य
(क) निर्णयहरु पालना गर्दै ब्यवहारमा ल्याउने ।
(ख) तोकिएको कुनै पनि काम गर्ने ।
१६. आजीवन सदस्य
(क) तोकिएको कुनै पनि काम गर्ने ।
(ख) केन्द्रीय र शाखाको निर्वाचनमा भोट दिने ।
१७  . विशिष्ट संरक्षक सदस्य/संरक्षक सदस्य
(क) तोकिएको दुई कार्यकाल अर्थात ५ वर्ष सम्म कार्यकारी समिति पूर्ण निष्कृय भएमा संस्था बचाउनको लागि आवश्यक पहल गर्ने ।
१८. सदस्य
(क) छलफलको लागि बुँदांहरु समितिमा पठाउने ।
(ख) सभा सम्मेलनमा सहभागिता जनाउने ।
(ग) तोकिएको कुनै पनि गतिविधिमा सहभागी हुने ।
(घ) आफ्नो इलाकाको जानकारी समितिको  बैठकमा पठाउने र समुदायमा जानकारी ल्याउने ।
(ङ) तोकिएको कुनै पनि काम गर्ने ।
१९. सल्लाहकार
(क) संस्थाको कार्यलाई नजिकबाट मूल्याङ्कन गर्दै सल्लाह दिने ।
(क) यस संस्थाको हित हुने कि्रयाकलापमा मात्र सरिक/सहभागी हुने ।
परिच्छेद ४
आर्थिक
२०. आर्थिक स्रोत
(क) सदस्यता शुल्कबाट ।
(ख) आबद्ध संस्थाहरुबाट प्राप्त सहयोग ।
(ग) संस्था वा व्यक्तिबाट प्राप्त अनुदान ।
(घ) अन्य कुनै च्यारिटी आयोजनाबाट ।
(ङ) आजीवन सदस्य शुल्क वापत प्राप्त रकम ।
२१. चलअचल सम्पित
(क) चलअचल सम्पतिको पूर्ण विवरण तोकिए बमोजिम राखिनेछ ।
२२. कोष
(क) संस्थाको नाममा बैंक खाता खोली कोष साचालन गरिने छ ।
(ख) कोष साचालनको लागि छुट्टै विशेष समिति तथा आचारसंहिता निर्माण हुनेछ ।

( चेक मा - अध्यक्ष ,सचिब र कोषाध्यक्ष को सहि छाप बाट मात्र खर्च बिनियोजन गर्न

सकिने छ जसको लागि साधारण बैठक बाट निर्णय गरिने छ ) !
२३. आर्थिक लेखा परीक्षण
(क) अर्धवार्षिक वा वार्षिक बैठक गरी आयब्यय प्रस्तुत गरिने छ र उक्त आयब्ययलाई अपडेट गरिने छ ।
(ख) आवश्यकता भएमा मान्यता प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराइने छ ।
(ग) उक्त परीक्षणको विवरण र वार्षिक प्रतिवेदन सम्बन्धित निकायमा पेश गरिने छ ।
परिच्छेद ५

२४. अन्य संस्था संग सम्बन्धन :
(१) आबस्यक्ताहेरी अन्य संघ संस्था को निमंत्रना स्विकारी सभा ,गोस्टी , तालिममा भाग लिने ! ।
(२) आफ्नो संस्था/समूहको काम अन्य संघ संस्था सम्म पुर्याउने  ।
(३) नेपाली भात्री सस्था लगायत अन्य सङ्घसंस्थाहरुसँग हातेमालो गर्न ।
(४) अन्य संस्था वा व्यक्तिसँगको सम्पर्क र परिचयबाट प्राप्त हुने सहयोग लिन ।
(५) अन्य संस्था समूहको गतिविधिबारे जानकारी राख्ने ।
(६) अन्य संस्था समूहको नेतृत्व गर्न वा छान्नको लागि भोट दिन ।
(७) नेपाली समाज लिम्रिक को हितहुने कामको लागि नेटवर्क बिकाश गर्न !
(८) संस्थालाई पहिचानयुक्त र थप मर्यादित बनाउन ।
(९) आवश्यक भएमा सम्मान तथा पुरस्कारको लागि उपयुक्त व्यक्तिको नाम सिफारिस गर्न ।
(१०) सम्पूर्ण सदस्यको हक अधिकारको लागि एकबद्ध भई लड्न ।
(११) संस्थाको उद्देश्य प्राप्त गर्न ।
(१२) अन्य ।
परिच्छेद ६
विविध
२५. भेला
क . बर्षमा  एकपटक बृहद सम्मेलनको आयोजना गरिने छ ।
ख .समितिले प्रत्येक १ वर्षमा एउटा प्रत्यक्ष भेला बोलाउनु पर्नेछ वा दुबै
कार्य गर्नु पर्नेछ । यस वार्षिक भेलामा सबै सदस्यको सहभागिता हुनु पर्नेछ ।
ग . संशोधन तथा परिमार्जन गर्नुपर्ने कुराहरु बैठकले गर्नेछ तर त्यो निर्णय भेलाद्वारा अनुमोदन
हुनु पर्नेछ ।
घ रिक्त हुन आएको पदमा नियुक्ति एवम् राजीनामाको स्वीकृति बैठकले गर्न सक्ने छ तर
भेलाले अनुमोदन गर्नुपर्ने छ ।
२६. निर्वाचन
(क) समयावधि समाप्त भएपछि सर्वसम्मतबाट वा स्वतन्त्र निर्वाचन प्रकृयाबाट भेलाले नयाँ
समिति तयार गर्नेछ । आवश्यकता अनुसार निर्वाचन आचार संहिताको व्यवस्था र निर्वाचन
आयोग गठन गर्न सकिने छ ।
२७. बैठक वा भेटघाट कार्यक्रम
(क) प्रत्येक ३ महिनामा नियमित बैठक गर्ने ।
(ख) आवश्यकता अनुसार धेरैपटक पनि प्रत्येक्ष बैठक बस्न सक्नेछ ।
(ग) समाजमा ( समितिमा ) वा कुनै पनि महत्वपूर्ण व्यक्तिको आगमनमा स्वागत तथा विदाई कार्यक्रम
आवश्यकता र अनुकूलता अनुसार गर्न सकिने छ ।
२८. समयाविध
(क) समितिको पदावधि २ वर्षको हुनेछ ।
(ख) समितिको पदावधि २ वर्षको हुनेछ । स्थान अनुकूल आफ्नो विधान
बमोजिम कार्यावधि कायम गर्न सक्नेछ ।
(ग) साधारण सदस्य र सम्बन्धन सदस्यता प्रत्येक ५ वर्षमा तोकिएको शुल्क
तिरेर नवीकरण गर्नुपर्ने छ । विशिष्ट संरक्षक र संरक्षक सदस्यता भने सधैँको लागि हुनेछ ।
(घ) तोकिएको पदावधि समाप्त भएपछि अर्को समिति नभइन्जेल सोहि समिति नै काम चलाउ समिति रहनेछ ।
२९. पदरिक्तता
(क) मृत्यु वा पागल भएमा ।
(ख) राजीनामा दिएमा ।
(ग) विधान विपरीत कार्य गरेको खण्डमा भेला वा बैठकद्वारा निष्काशित गरिएमा ।
(घ) नियमित रुपमा ४ पटक सम्म बैठक मा उपस्थित नरहेमा !

३०. पदपूर्ति
रिक्त हुन आएको पदमा बैठक वा भेलाले मात्र नियुक्त गर्न सक्नेछ ।
३१. अविश्वासको प्रस्ताव
यस विधानको उदेस्य  विपरीत कसैले कार्य गरेको फेला परेमा आर्थिक हिनामिना
गरेमा समितिका एकतिहाईले लिखित प्रस्ताव भेला वा बैठकमा पेश गर्नुपर्ने छ ।
त्यो प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेमा पदमुक्त भएको मानिने छ ।
३२. कार्वाही
(क) विधान विपरीत काम गरेमा लापारवाही गरेमा निष्कृय भएमा विना जानकारी ४
पटक कार्यक्रम वा बैठकमा अनुपस्थिति भएमा निष्कृय भएको मानिने छ र

संस्थालाई जानकारी गराउँदै चेतावनी दिई निलम्बन र निष्काशन गरिने छ । सम्बन्धन समाप्त भएको घोषणा गर्नेछ ।
३३. विधान संशोधन
समयअनुकूल आवश्यक परेमा भेलाद्वारा मात्र विधान संशोधन गर्न सकिने छ । संशोधन
गर्दा मुलभूत कुराहरुमा फरक पर्नु हुँदैन ।
३४. दर्ता ऐन
यस विधान भित्रका कुराहरु ऐनसँग बाँझिन गएमा स्वतः निष्कृय हुनेछ ।
३५. विघटन
कारणवस संस्था चल्न नसकेको खण्डमा संस्थासँग भएको जय जेथा स्थानीय सरकारको हुनेछ !
—————————-—————————–
शपथ:
म भगवानलाई साक्षी राखी “ नेपाली नेपाली समाज लिम्रिक “ (Nepalese Community Limerick )  को लागि मैले जाने र सके जति निस्वार्थ भावनाले यस “ नेपाली नेपाली समाज लिम्रिक “ काम गर्नेछु । म यस संस्थाको विधान बमोजिम मेरो काम कर्तव्यलाई दृढताका साथ पालन गर्नेछु । यदि मैले संस्थाको हित विपरीत कार्य गरेमा भगवान्ले मलाई दण्ड गरुन् ।प्रचलित कानुन बम्बोजिम दण्ड सजाय भोग्न मन्जुरछु !
———————————————————-
अनुसूचि १
(क) चिन्ह




———————————————————-
हार्दिक आभार तथा धन्यवाद
विधान मस्यौदा शसोधन पछिमात्र यो पूर्ण र अन्तिम विधान तयार भएको छ । विधान निर्माणको लागि सल्लाह सुझाव दिएर प्रश्नहरु सोध्नु भएर सहयोगको आग्रह गर्दा उचित विचार र विकल्प दिनुभई सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।
खुल्ला प्रकृया अपनाइएको यस विधान निर्माण कार्यमा सहभागी महानुभावहरु यसप्रकार रहनु भएको छ ।
१. राज थापा  (अध्यक्ष)

२. होम बहादुर गुरुङ ( महा-सचिब )

३. टेक बहादुर गुरुङ ( सह-कोषाध्यक्ष)

४.लक्ष्मी पौडेल ( सदस्य )

५. शिवा अधिकारी ( सदस्य )

रहनु भएको छ ।
विधानभित्र कुनै गल्ती अस्पष्ट अपूर्ण भेट्नु भएमा हामीलाई जानकारी गराउन अनुरोध गर्दछौँ । बैठक भेलाले थप्ने हटाउने वा सुधार गर्नेछ ।
इमेलः Nepaliorg.Limerick@gmail.com
फेसबुकः NepaleseCommunityLimerick
Web : 
संयोजक
विधान निर्माण समिति
By-Laws (Bidhan) in PDF File

 

 


My sweat sinciyako this beautiful country
Angma avoid hunger and somehow my disguise
I am carrying the wistful lamentation coming abroad
Harrington chose inspiring the bad bidabhaya
Svembhuka two eyes I heradaithiya
Arthur discriminated mohanirupale mushroom dai te
My rationale for making the dream palace of AAMA
Quaked the angma patch , bhokopeta cows grain
Perhaps nowhere is the blood sweat Feedback |
Sent to my mother sweat the little
Remittance sedentary chair watching the shows Lai
Destruction of patriotism that pardesima not know
Remember the land of my birth huts

Upcoming Events

No upcoming events

Recent Videos

1293 views - 0 comments
658 views - 0 comments
821 views - 0 comments
764 views - 0 comments